वित्तिय संघिताले नेपालको बजेट घाटा अझ बढ्छः आइएमएफ

Advertisement

काठमाडौं । नेपालको आर्थिक गतिविधि बलियो रुपमा विस्तार भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । आइएमएफले लगातार दुई वर्ष उपयुक्त मैसम, भूमम्पपछिको पुननिर्माणमा भएको प्रगति तथा वित्तिय नीति र पर्याप्त विद्युतिय आपूर्तिले गत आर्थिक वर्षमा छ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिर भएको जनाएको छ ।

नेपालको अर्थतन्त्रले गत वर्ष चार दशमलव २ प्रतिशतको न्यून मूल्य वृद्धिको सामना गरेको आइएमएफले जनाएको छ । दक्षिण एसियाली क्षेत्रीय प्रतिवेदन सार्वजनीक गर्दै विगतका वर्षको उच्च आर्थिक वृद्धिदर नेपालका लागि चुनौति हुनसक्ने चेतावनी आइएमएफले दिएको छ । आव २०७३–७४मा ३० प्रतिशतले नेपालको आयात बढेको छ । आयात र उपभोगमा वृद्धि हुनुमा विप्रेषको भूमिका रहेको कोषले जनाएको ।

नेपालको गत आवमा कूल ग्राहस्थ उत्पादनको छ प्रतिशत बजेट घाटा रहेको कोषले जनाएको छ । स्थानीय तह र प्रदेशमा हस्तान्तरण भएको ठूलो रकम र सरकारका अन्य खर्चका कारण यस्तो अवस्था आएको हो ।

यसको नतिजास्वरुप नेपालको वैदेशिक ऋण कूल ग्राहस्थ उत्पादनको २९ दशमलव ७ प्रतिशत पुगेको छ । जुन पछिल्लो वर्ष यताकै उच्च हो । आइएमएफले यसलाई व्यवस्थापन गर्न सकिने तहको जनाएको छ ।

बजेट घाटा चालु वर्षमा अझ फराकिलो हुने आइएमएफको अनुमान छ। वित्तीय विकेन्द्रिकरणले सरकारमाथि दायित्व थप बढाउने उसको अनुमान छ। यद्यपि चालु वर्षका पहिलो २ महिनामा भएको ३६ प्रतिशतको राजस्व वृद्धिले यसलाई केही नियन्त्रणमा राख्न सक्ने संभावना भने देखाएको छ ।

उच्च र समावेशी आर्थिक वृद्धि हासिल गरी त्यसलाई निरन्तरता दिनु नेपालकालागि सबैभन्दा चुनौतिपूर्ण हुने उसको अनुमान छ। यसका लागि प्रशासकीय क्षमता बढाए लगानीको वातारण बनाउनु पर्नेमा उसले जोड दिएको छ।

Advertisement

Advertisement

Advertisement