दुई लाख रुपियाँ घुससहित नापी सर्वेक्षक परे अख्तियारको फन्दामा

Advertisement

सिरहा।  सेवाग्राहीसँग लिएको आरोपमा  नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरी अख्तियारको फन्दामा परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले  चौधरीलाई  आफ्नै कार्यकक्षमा सेवा ग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो  ।

एक जना सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीको लापरवाहीका कारण १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन पाँच लाख रुपियाँ घुस मागेका  सर्वेक्षक चौधरीले सेवाग्राहीसंग  मोलमोलाई भएपछी  उनीहरुबीच धेरै दुई लाख रुपैयाँमा कुरा मिलेको खुलासा भएको छ ।

चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले  सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अपक्राउ गरेको हो । चौधरीमाथि  थप अनुसन्धान जारि भइरहेको अनुसन्धान आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement