जनता बैंकको ‘जनता रेमिट’ सेवा भारतबाट पनि

Advertisement

काठमाडौं । जनता बैंक नेपालले छिमेकी मुलुक भारतबाट पनि रेमिटान्स सेवा सञचालनमा ल्याएको छ । बैंकले ‘जनता रेमिट’ मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय रोमिटान्स सेवा प्रदान गर्दै आएकोमा अब भारतबाट पनि रेमिटान्स सेवा प्रदान गर्ने भएको हो ।

जनता बैंकले भारतको एक्सिस बैंकसँग सम्झौता गरि भारतमा रहेका नेपालीहरुले जनता रेमिटमार्फत सुलभ र सुरक्षित रुपमा पैसा पठाउन र पाउन सक्ने व्यवस्था गरेको छ ।

रेमिटान्स कारोबारका लागि एक्सिस बैंकको भारतभरी रहेको तीन हजार पाँच सय शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिन्छ ।

एक्सिस बैंकबाट जनता रेमिटमार्फत पठाइएको पैसा नेपालभरी रहेका जनता बैंकको एक सय २६ शाखाहरुमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ । त्यसैगरि भारतबाट यसरी पठाइएको पैसा नेपालको सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटका करिब १७ हजार रेमिट इकाईहरुमार्फत पनि भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बैंकले जनाएको छ ।

जनता बैंकले देशभरीबाट १२६ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement