इसेवाको तिहार अफर सार्वजनीक, दैनिक तीन जना विजेतालाई पुरस्कृत गरिने

Advertisement

काठमाडौं । इसेवा फोन पेले नजिकिँदै गरेको पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत हरेक दिन तीन जना भाग्यशाली विजेता घोषित हुनेछन् । एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने भएको हो ।

यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुने इसेवा ले जनाएको छ ।

इसेवाले यसअघि दशैंलाई लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । उक्त उपहार योजनामा करिब तीन सयभन्दा बढि विजेताहरु उपहार जित्न सफल भएका थिए । इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो भुक्तानी प्रदायक(पेमेन्ट गेटवे) कम्पनि हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४७ वटा बैंक सदस्यहरु रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवामा रहेको रकम बैंक खातामा रकम पठाउन सकिन्छ । इसेवा अन्तर्गत हाल देशभर करिब ४० हजारभन्दा बढी इसेवाएजेन्ट रहेका छन् । यी एजेन्टहरुकोबाट पनि यात्रुहरूले सहजै इसेवाका सबै सेवा लिन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement