टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न टिच फर नेपाललाई रकम उपलब्ध गराएको हो। उक्त रकम  बैंकका निर्देशक विरेन्द्र कुमार शाहले टिच फर नेपाललाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन्।

बैंकले  टिच फर नेपाललाई हस्तान्तरण गरेको रकमबाट ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा अध्ययनरत बालबालिकालाई २ वर्षसम्म स्वयंसेवी शिक्षकबाट गणित, विज्ञान र अंग्रेजी विषय प्रशिक्षण गराइने बैंकले जनाएको छ ।

हालसम्म सिद्धार्थ  बैंकले  देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १,००० भन्दा बढी पीओएस  मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement