उखु किसानको पैसा नतिरेको भन्दै चिनी उद्योगका मालिक पक्राउ

arrested

काठमाडौं । प्रहरीले अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई पक्राउ गरेको छ । उखु किसानको ४६ करोडरुपियाँ भन्दा बढी रकम नतिरेको भन्दै गृह मन्त्रालयको आदेशमा उनलाई पक्राउ गरिएको हो ।

अग्रवाल बुधबार बिहान त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ परेका हुन । उनले सञ्चालन गरेको सुगर मिल सर्लाहीमा रहेको छ । किसानहरुले उजुरी गरेपछि अग्रवाललाई किसानको पैसा दिन सरकारीस्तरबाट बारम्बार ताकेता हुँदै आएका थियो ।

अन्य सुगर मिलको पनि समस्य त्यही रहेको छ । तर, उनीहरुको भन्दा अग्रवालको बक्यौता निकै धेरै रहेको गृह मन्त्रालयको भनाई छ । किसानहरुले आफूहरुको पैसा उठाइदिन माग गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।