गुल्मीको मदानेमा कृषि विकास बैंकको नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले गुल्मी जिल्लाको  मदाने गाउँपालिका पुर्कोटदहमा आफ्नो नयाँ  शाखा विस्तार गरेको छ । प्रतिनिधी सभा संघीय सांसद सदस्य राम कुमारी झाक्री, प्रदेशसभा सदस्य दिनेश पन्थी र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले नेपालको सबैभन्दा बढी शेयरधनी, निक्षेपकर्ता, कर्जाग्राही, शाखा सञ्जाल भएको, ग्रामीण भेगमा शाखा कार्यालय रहेको, आफ्नो कुल कर्जा लगानी रकमको करिब ३४ प्रतिशत लगानी कृषि क्षेत्रमा रहेकोे  बताए।

बैंकले यस आ.व.मा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने, व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने, स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि गर्ने तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने योजना बनाएको बैंकले जनाएको छ ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले  मदाने–६,पुर्कोटदह (नुँवारा) निवासी स्थानीय समाजसेवी ८५ वर्षीय चक्रबहादुर कुँवरलाई दोसल्ला ओढाएर सम्मान गर्दै  प्रतिनिधी सभा सदस्य रामकुमारी झांक्री, प्रदेश सभा सदस्य दिनेश पन्थी लगायत विभिन्न स्थानीय संस्थासंग आवद्ध महानुभावहरुलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement