लुम्बिनीमा १४ करोड लागतको चार्जिङ स्टेशन बन्दै

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोषले लुम्बिनी संग्रहालय नजिकै चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । करिब १४ करोड रुपियाँको लागतमा विद्युतीवय सवारी साधन चार्ज गर्ने स्टेसन निर्माण हुन लागेको हो ।

चार्जिङ स्टेसनको निर्माणका लागि एडिबी मातहतको क्लिनिङ इनर्जीले लुम्बिनी क्षेत्र विकास कोषसँग ठेक्का सम्झौता गरेको छ । वर्षायामका कारण निर्माण कार्यमा अवरोध भएपछि अहिले उक्त स्टेसनको निर्माण कार्यले गति लिएको हो । तीन महिनाभित्र चार्जिङ स्टेसन निर्माण कार्य सम्पन्न हुने जनाइएको छ ।

पाँच वटा वातानुकुलित बस, ११ वटा कार र स्टेशन निर्माणका लागि पर्यटन मन्त्रालयमार्फत एडिबीले कोषलाई २७ करोड रुपियाँ दिएको हो । हाल निर्माण भइरहेको स्टेशनमा कोषले उक्त रकमबाट १३ कारोड ९० लाख रुपियाँ खर्च गर्न लागेको छ । स्टेशन कोषको आफ्नै जग्गामा निर्माण भइरहेको छ ।

विकास कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले तत्कालको लागि मात्र नभई दिर्घकालीन योजना अनुसार स्टेन निर्माण गर्ने काम सुरु गरिएकाले लागत महंगो पर्न गएको बताए । स्टेशनमा २४ वटा चार्जिङ मेशिन र ८० वटा चार्जिङ प्लग राखिने जनाइएको छ ।

कोषका सदस्य सचिव भट्टराईले बस र कारको चार्जिङसँगै लुम्बिनीभित्र आवश्यक सबै विद्युतीय सोही स्टेशनबाट उत्पादन गर्ने सोलार प्यानल राखिने बताए । तत्कालको लागि सोलारबाट एक सय ५० किलोवाट विद्युत उत्पदन गरिने छ । हाल लुम्बिनीमा लुई मेगावाट विद्युत आवश्यक पर्छ, हाम्रो योजना यहाँ खपत हुने सबै विद्युत यही प्उानलबाट उत्पदन गर्ने योजनामा रहेको उनले बताए । स्टेशनबाट उत्पादीत विद्युत लुम्बिनी भित्र र बाहीर समेत प्रयोग गर्न सकिनेगरी काम भइरहेको उनले जानकारी दिए ।

विद्युत उत्पादनको लागि सोलार प्लान्ट, पार्किङ, त्यहाँसम्म पुग्ने बाटो, विद्युत संकलन केन्द्र, ब्याट्री सबै सोही लागतमा निर्माण गरिने उनले जानकारी दिए ।

हाल निर्माणधिन स्टेशन सामान्य होइन, साउण्डप्रुफ हो, चार्जिङको लागि आउने बस, कारको आवाज बाहिर सुनिदैंन । मेसिनसँगै त्यहाँ प्रयोग हुनेब्याट्री, सोलार प्यानललगायतका सबै सामान जापानमा निर्मित गुणस्तरीय रहेकोले आयोजना केही महंगो भएको छ ।

अहिले एउटा चार्जिङ मेसिनको बजार मूल्य ७ देखि ८ लाख रुपियाँ उनले बताए।
पटकपटक काम गर्नुभन्दा पनि पछि उत्पादन थप गर्न मिल्ने गरी स्टेशन निर्माण गर्न लागिएको उनको दाबी छ ।

स्टेशन निर्माणपछि एउटा बस चार्ज हुन ४५ मिनेट लाग्ने र एकपटक फुल चार्ज भएको गाडी चार सय किलोमिटर गुड्नेछ ।
एडिबीले लुम्बिनी विकास कोषसँग ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता गरेको थियो ।

सम्झौताअनुसार दुई वटा बस नेपाल आइसकेका छन्। तत्काल लुम्बिनीमा चार्जिङ स्टेशन लगायत पूर्वाधार बन्न बाँकी रहेकाले ती बस काठमाडौंमा साझा यातायातले चलाइरहेको छ ।

यसैबीच बुधबार भैरहवा पुगेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले चार्जिङ स्टेशनलगायत पूर्वाधार बनेपछि ती काठमाडौंमा चलिरहेका बस लुम्बिनी ल्याइने बताएका छन्लु । म्बिनीमा अहिले पूराना बस र जीप सञ्चालन छन् । सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकले पुराना बसमा कष्ट भोगिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement