अन्नपूर्ण सुगर मिल्सका सञ्चालक रोकश अग्रवाललाई पक्राउ गरिएकोमा महासंघको आपत्ति

Advertisement

काठमाडौं । अन्नपूर्ण सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरिएकोप्रति नेपाल उद्योग बाणिज्य महासंघले आपत्ति जनाएको छ । उखु किसानको करोडौं रुपियाँ बक्यौता बर्षौसम्म नतिरेको भन्दै सरकारले अग्रवाललाई पक्राउ गरेको थियो ।

महासंघले अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै महासंघले बक्यौता रकम तिर्न लगाउने राज्यस“ग अनेकन विधि, प्रक्रिया र कानून हु“दाहु“दै पनि सो माध्यम नअपनाई सिधै प्रहरी प्रशासन लगाएर पक्राउ गर्दा कस्तो प्रकारको सन्देश जाला ? गम्भीर भएर सोच्न सरकारलाई आग्रह गरेको छ ।

लगानीको वातावरण निर्माणसहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा समेत पहल भइरहेको वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपुर्याउने भन्दै महासंघले मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसारनै सरकार अगाडी बढ्नुपर्ने बताएको छ ।

उखु किसानहरुको ६० करोड रुपियाभन्दा बढि बक्यौता तिर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिल्सका सञ्चालकले पैसा भुक्तानी नदिएको भन्दै किसानहरुले अग्रवालविरुद्ध किटानी जाहेरी दिनुका साथै पैसा अशुल गरिदिन सरकारलाई दबाब दिँदै आएका थिए । अग्रवाललाई प्रहरीले काठमाडौंस्थित निवासबाट पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement