बुद्ध एयर पब्लिक कम्पनीमा गएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने योजनामा

Advertisement

काठमाडौं । नेपालको आन्तरिक उड्डयन सेवामा अग्रता कायम गर्दै आएको बुद्ध एयरले पब्लिक कम्पनीमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाएको छ ।

हालको आन्तरिक उडानलाई प्राइभेट कम्पनी नै कायम राखेर अन्तर्राष्ट्रिय उडानका लागि पब्लिक कम्पनी खोलेर त्यसमार्फत अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने योजना बनाएको हो ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार पब्लिक कम्पनीमा बुद्ध एयर प्रालिको ३० प्रतिशत, रणनीतिक साझेदारको ३० प्रतिशत र बाँकी उड्डयन क्षेत्रमा लगानी गर्न चाहनेहरुको रहने छ ।

करिव तीन बर्षमा पब्लिक कम्पनी खडा गरी लगानी जुटाएर ठूलो जहाज ल्याउने र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने योजना बनाएको बुद्ध एयरले आफ्नो व्यवसायिक अन्तर्राष्ट्रिय उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्ने जनाएको छ ।

पहिलो चरणमा भारत र चीनको व्यवसायिक उडान सञ्चालन गर्ने योजना बनाएको यस कम्पनीसँग हाल दुई वटा १९०० डि बिचक्राफ्ट, चारवटा एटिआर ४२ र पाँच वटा एटिआर ७२ जहाज रहेका छन् । भारतको बनारसमा पनि नियमित उडान गरिरहेको बुद्ध एयरले चाँडै नै नेपालगञ्जबाट नयाँ दिल्ली उडान गर्ने योजना समेत बनाएको छ ।

Advertisement

Advertisement

Advertisement