नेसनल लाइफ इन्सुरेन्सको २ लाख ७८ हजार कित्ता सेयर लिलामीमा

Advertisement

काठमाडौं  । नेसनल लाइफ इन्सुरेन्सको २ लाख ७८ हजार ११९.३४ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले  आज (बिहीबार) देखि  सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ ।  यसको  बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्ने भएको छ। यसमा आवेदन दिने अन्तिम म्याद कात्तिक २६ गतेसम्म छ ।

 कम्पनीले यसअघि साउन १ गतेदेखि भदौ १९ गतेसम्म ९९ लाख ३६ हजार ४७७.५ कित्ता (६०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ९६ लाख ५८ हजार ३५८.२० कित्ताका लागि मात्र आवेदन परेको थियो । २ लाख ७८ हजार ११९.३४ कित्ता हकप्रद बिक्री हुन सकेन । हकप्रद नबिकेको सेयर अहिले लिलामी प्रणालीबाट बिक्री गर्न लागिएको हो । नेसनल लाइफको बुधबारको क्लोजिङ भाउ ६९५ रुपैयाँ रहेको छ ।

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लिमिटेडका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement