नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्बको ऋणपत्र जारी गर्दै, १० प्रतिशत ब्याजमा ७ बर्षै अवधि

Advertisement

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपियाँको ऋणपत्र जारी गर्ने भएको छ। बजारमा लगानीयोग्य पूजीको माग बढेसँगै आवश्यक पूजी जुटाउन बैैकले ऋणपत्र जारी गर्न लागेको हो ।

पछिल्लो समय चुक्ता पूजी वृद्धिका कारण प्रतिसेयर आम्दानीमा नकारात्मक प्रभाव पर्ने दिखिएपछि बैंकहरुले आफ्ने प्रोटफोलियोमा इीक्वटी र ऋणको उपयुक्त समिश्रणका लागि ऋणपत्र जारी गर्न थालेका छन् । अहिले सानिमा, एनआइसी एसिया लगाएतका बैैकहरु पनि ऋणपत्र जारी गर्ने प्रक्रियामा छन् ।

राष्ट्र बैंकको वर्तमान प्राबधान अनुसार बैंकहरुले आफ्नो प्राथमिक पूँजीको शत प्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउँछन् । इन्भेष्टमेन्ट बैंकले १० प्रतिशत व्याजदरमा सात बर्ष अवधिका लागि ऋणपत्र जारी गर्न लागेको हो।

लामो समय लगानी गर्न चाहने बीमा कम्पनी र अन्य संस्था तथा ब्यक्तिका लागि ऋणपत्र सुरक्षित तथा कम जोखिमयुक्त लगानीको माध्यम हो । मुद्रस्फितिको दर कम रहेको वर्तमान अवस्थामा १० प्रतिशतको प्रतिफललाई आकर्षकनै मान्न सकिने विश्लेषकहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement