अर्थविद् डा. मदन दाहालको दृष्टिमा हाम्रो शत्रु, कमजोरी र खतरा यी हुन्

Advertisement

काठमाडौं । नेपाल जस्तो गरिव मुलुकले बिलासी संघीयता धान्न नसक्ने तर्क गर्दै आएका अर्थविद् प्राडा मदन दाहालले नेपालको समस्या र चुनौतिलाई यसरी प्रस्तुत गरेका छन् ।

उनका अनुसार हाम्रो शत्रु गरीवी, व्याप्त भ्रष्ट्राचार, अराजकता र दण्डहीनता, नातावाद र कृपावाद हो भने हाम्रो कमजोरी असक्षमता, प्रतिस्पर्धात्मक क्षमतामा ह्रास र दूरदर्शी नेतृत्वको अभाव हो ।

त्यस्तै दाहालले बढदो विखण्डनवादी क्रियाकलाप, अनियन्त्रित धर्म परिवर्तनको श्रृखला, प्राथमिक र संभाव्य क्षेत्रको उत्पादकत्व र उत्पादनमा ह्रास, बढदो परनिर्भरता, बाह्य शक्तिको स्वार्थमा थोपरिएको विलासी संघीयता तथा खास गरी छिमेकी मुलुकहरूसंगको असन्तुलित परराष्ट्र नीति नेपालको खतराको विषय भएको बताएका छन् ।

उनले यस्ता संवेदनशील विषयहरू र स्थितिमा चाँडै सुधार नभए सार्वभौमसत्ता जोखिममा पर्ने संभावना भएकोले पुर्नजागरण र राष्ट्रिय एकता सम्वर्द्धन गर्नुपर्ने औंल्याएका छन् ।

नेपाल २५० बर्षपछि विखण्डन र सामाजिक द्धन्द्धको सन्त्रासका साथै पराधिन अर्थतन्त्रको जंजिरमा रहेको भन्दै प्राचिन सभ्यताको उदगम स्थल र प्राकृतिक वैभवले परिपूर्ण सुन्दर, शान्त हाम्रो देशमा विभाजन, विकृति र विनाशको डढेलो लगाउने काम भएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement