ज्योति विकास बैंकको पहिलो त्रैमासको नाफा ४० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले चालु आवको पहिलो त्रैमासमा एक करोड ४० प्रतिशत नाफा बढाएको छ । बैंकले अघिल्लो आवको सोही अवधिको नाफाभन्दा एक करोड ८१ लाख १९ हजार रुपियाँले नाफा वृद्धि गरेको हो ।

बैंकले चालु आवको पहिलो त्रैमासमा छ करोड ३३ लाख रुपियाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले चार करोड ५२ लाख रुपियाँ नाफा गरेको थियो ।

ज्योति विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ५९ रुपियाँ रहेको छ भने जगेडा कोषमा ३५ करोड रुपियाँ रहेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा २१ अर्ब ८५ करोड रुपियाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ११ अर्ब ३० करोड रुपियाँ निक्षेप संकलन गरेको थियो ।

त्यस्तै बैंकले यस अवधिमा १७ अर्ब ७७ करोड रुपियाँ ऋण लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले नौ अर्ब ९८ करोड रुपियाँ ऋण लगानी गरेको थियो । बैंकले चालू आवको पहिलो त्रैमासको व्याज आम्दानी ६५ करोड १३ लाख रुपियाँ रहेको छ भने ४४ करोड १५ लाख रुपियाँ व्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ३९ प्रतिशत रहेको छ भने सीडी अनुपात ७६ दशमलव ३९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी नौ रुपियाँ ८७ पैसा रहेको छ भने एक सय १३ रुपियाँ ५१ पैसा प्रति सेयर नेटवर्थ रहेको छ ।

Advertisement

Advertisement

Advertisement