भार्गव विकास बैंकको खुद नाफा ३८५.७४ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । भार्गव विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ।  बैंकले पहिलो त्रैमासमा ३८५.७४ प्रतिशत नाफा बढाएको छ । भार्गवले अघिल्लो आवको सोहि अवधिको नाफामा  १ करोड ४५ लाख १९ हजार रुपियाँले वृद्धि गरेको  हो ।

बैंकको खुद ब्याज आम्दानी पनि १२८.८८% ले बढेको छ । गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी १ करोड ५५ लाख ९२ हजार रुपैयाँ रहेकोमा अहिले ३ करोड ५६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा ३८५.७५% ले बढेको छ । गत वर्ष ४६ लाख ९७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा अहिले २ करोड २८ लाख १६ हजार रुपैयाँ पुगेको हो । भार्गवको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २६ पैसा रहेको छ ।

 

Advertisement

Advertisement

Advertisement