काँग्रेसनिकट इन्जिनियरहरुको संगठनमा भाँडभैलो, देउवा समूहले गर्यो तालाबन्दी

Advertisement

काठमाडौं । काँग्रेस निकट इन्जिनियरहरुको संगठन सेन्टर फर डेमोक्रान्टिक इन्जिनियर्स (सिडेन)मा शेरबहादुर देउवा समूह र रामचन्द्र पौडेल समूहको विवादले उग्र रुप लिएको छ ।

विवाद चर्किँदै गएपछि देउवा समूहले बिहीबार संगठनको कार्यालयमा तालाबन्दी गरेको छ । संगठनको यसअघि भएको निर्वाचनमा पौडेल समूहले विजय हासिल गरेको थियो । नेपाल इन्जिनियर्स एशोसियशनको चुनाव नजिकिँदै गएको बेला सबै पक्षलाई मिलाएर लैजान आफूहरुले गरेको आग्रहलाई गरेकाले तालाबन्दी गर्नुपरेको देउवा समूहका एक इन्जिनियरले बताए ।

उनका अनुसार सबै पक्षलाई मिलाएर लैजाने केही समयअघि संगठनको नेतृत्वलाई विभिन्न मागहरुसहितको ज्ञापनपत्र बुझाएकोमा कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको हो । नेपाल इन्जिनियर्स एशोसियनको केन्द्र र प्रदेशहरुको निर्वाचन आउँदो मंसिर २८ गते हुँदैछ । त्यसका लागि मंसिर १८ देखि २० सम्म उम्मेदवारी मनोनयनको समय तोकिइसकेको छ ।

एशोसियशनमा उम्मेदवारी दिने कुरामा देउवा पक्षलाई पनि मिलाएर लैजानुपर्नेमा पौडेल पक्षले एकलौटी गर्न खोजेको देउवा पक्षको गुनासो छ । बिस हजारभन्दा बढि मतदाता रहेको इन्जिनियर एशोसियशन नेपाल बार एशोसियशनभन्दा ठूलो संगठनको रुपमा स्थापित भइसकेको छ ।

engineer

Advertisement

Advertisement

Advertisement