एभरेस्ट बैंकले लगानीकर्तालाई  २० प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौँ । एभरेस्ट बैंकले  लगानीकर्तालाई लाभांश दिने भएको छ  ।  बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई  गत आवको चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो  ।

बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै कार्यन्वयनमा आउने बताएको छ ।

हाल बैंकको चुक्तापुँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको छ । यसअघि सानिमा बैंकले पनि १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।यी बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने निर्णय गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement