आइएमई लिमिटेडका ग्राहकलाई समय रेष्टुरेन्टमा १० प्रतिशत छुट

Advertisement

काठमाडौं । आइएमई लिमिटेड र समय रेष्टुरेन्ट तथा बारबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहकले साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस सम्बन्धि सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेष्टुरेन्ट तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

समय रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ ।

यो सम्झौता यहि मिति २०७५ साल कात्तिक १५ गतेदेखि एक वर्षसम्म लागु हुनेछ ।

Advertisement

Advertisement

Advertisement