गैरआवासीय नेपाली संघले अफ्रिकाको अनुभव नेपाल भित्राउने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेश्रो अफ्रिका क्षेत्रीय भेला तथा बैठक युगान्डाको कम्पालामा आउँदो डिसेम्बर २९ मा आयोजना हुने सो संघले जनाएको छ ।

बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरु र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरुको पनि सहभागिता रहने जनाइएको छ ।

‘विकासका अनुभवहरु एक आपसमा साटदै’ विषयक यस बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदान प्रदान हुनेछ । साथै नेपाली श्रमिकहरुले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नु परिरहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभव बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने संघले जनाएको छ ।

इजिप्ट र दक्षिण अफ्रिकाका राजदूतहरुको उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्रीमध्ये एकलाई निमन्त्रणा गरिनेबारे छलफल चलिरहेको जनाइएको छ । बैठकको तयारी शुरु भइसकेको जानकारी राष्ट्रिय समन्वय परिषद् युगान्डा अध्यक्ष राजमणि भण्डारीले दिएका छन् ।

Advertisement

Advertisement

Advertisement