मङ्गलवारदेखि सेयरको अनलाइन 'ट्रेडिङ' सुरु

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले यहि कार्तिक २० गते (मङ्गलदेखि सेयरको अनलाइन 'ट्रेडिङ' सुरु गर्ने भएको छ। 'ट्रेडिङ' होटल याक एण्ड यतिमा हुने भएको छ ।

यसअघि परीक्षणका रुपमा रहेको मक ट्रेडिङ सफल भएसँगै नेप्सेले अनलाइन ट्रेडिङ गर्न लागेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। अनलाइन ट्रेडिङ सुरु भएपछि लगानीकर्ताले घरमै बसेर इन्टरनेटका माध्यमबाट सेयर खरिदबिक्रीको आदेश दिन तथा कार्यान्वयनमा लैजान सक्नेछन्।

यसका लागि लगानीकर्ताले सम्बद्ध ब्रोकर कम्पनीबाट यूजरनेम र पासवर्ड लिनुपर्नेछ। लगानीकर्ता आफैले कारोबार गरे पनि ब्रोकरसहित अन्य पक्षलाई तिर्नुपर्ने कमिसन तथा शुल्क भने यथावत हुनेछ।

Advertisement

Advertisement

Advertisement