पटक पटक विवादमा पर्दै आएका केशव स्थापित प्रदेशमन्त्रीबाट बर्खास्त

Advertisement

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् । पटक पटक विवादमा पर्दै आएका स्थापितले बैठकमै मुख्यमन्त्री पौडेललाई मुख छाडेका थिए ।

मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

‘संविधानले दिएको अधिकार अनुसाार मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको छ’, पौडेलले भने, ‘तत्तकाललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्नुहुनेछ ।’

बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो । मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो ।

बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद सुरु भएको थियो ।

जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए ।

बैठकको अन्तिममा मुख्यमन्त्रीले मन्त्री स्थापितको कार्यशैली र उनको मन्त्रालयको गति सुस्त हुँदा कार्यप्रगति शून्य रहेको टिप्पणी गरेपछि सुरु भएको विवाद गालीगलौजसम्म पुगेको स्रोतको दाबी छ ।

मुख्यमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार मन्त्री स्थापित मन्त्रिपरिषद् बैठकमै नेपाली भाषामा प्रयोग हुने सबै किसिमका गाली प्रयोग गरेका थिए । त्यसपछि उनलाई मन्त्रिपरिषद्बाट हटाउन मुख्यमन्त्री पौडेल र अर्का मन्त्री कैलाश ढुंगेल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसँग परामर्शका लागि राजधानी आएका थिए ।

स्थापितलाई नहटाए आफूले काम गर्न नसक्ने भनाइ पौडेलले प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमै पुगेर राखेका थिए

Advertisement

Advertisement

Advertisement