नेपाली फिल्ममा अभिनय गर्दै सन्नी लियोनी

Advertisement

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले अभिनय गर्ने भएकी हुन् ।

छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनीको यो पहिलो अभिनय हुने छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले सन्नीसँग स्क्रिन सेयर गर्ने भएका छन् भने अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतका कलाकारलाई यस फिल्ममा देख्न सकिनेछ ।

सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुने बताइएको छ । २०१९ को सुरुवातीमा रिलिज तार्गेट गरिएको फिल्ममा सन्नीले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि गर्ने भएकी छिन । नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाएकोमा सन्नी लियोनीले ट्वीटर मार्फत खुसी व्यक्त गरेकी छन् ।

 

Advertisement

Advertisement

Advertisement