पाँच दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री बालुवाटार फिर्ता

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली पाँच दिन लामो अस्पताल बसाईपछि शुक्रबार आफ्नो सरकारी निवास बालुवाटार फिर्ता भएका छन् । छातीमा समस्या भएपछि गएको सोमबार बिहानै अस्पताल भर्ना भएका उनीलाई त्रिवि शिक्षण अस्पतालस्थित डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरले आज डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा सुधार भएपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। उनले आजै प्रदेश ३ का मुख्यमन्त्रीलाई अस्पतालमा भेटेर प्रदेशमन्त्री केशव स्थापितलाई हटाउन निर्देशन दिएका थिए ।

ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका थिए भने डा. दिव्या सिंह र डा. सन्तकुमार दास पनि सहभागी थिए । बिरामी भएका कारण यसअघि आफ्नो पार्टीको चियापान कार्यक्रममा सहभागी भएनन् भने आजको काँग्रेसको चियापानमा पनि सहभागी भएनन् ।

Advertisement

Advertisement

Advertisement