केशब स्थापितलाई आफू बर्खास्त भएको थाहै छैन !

Advertisement

काठमाडौं । बैठकमै मुख्यमन्त्री डोरमणि पौडेललाई मुख छाडेपछि मन्त्री पदबाट बर्खास्त भएका प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले आफू बर्खास्त भएको आधिकारिक जानकारी नपाएको बताएका छन् ।

नयाँपत्रिका दैनिकका अनुसार मन्त्री पदबाट हटाइएको जानकारी आफूलाई कतैबाट नआएको बताएका हुन । उनले भनेका छन्, 'मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन । आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।'

Advertisement

Advertisement

Advertisement