पीपीएल अंक तालिकाको शीर्ष स्थानमा पोखरा, काठमाडौं चार विकेटले पराजित

Advertisement

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टन विजयी भएको छ । जितसँगै पोखरा अंकतालीकाको शिर्ष स्थानमा पुगेको छ । पोखराले काठमाडौं रोयल्सलाई चार विकेटले हराएको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १९ ओभर एक बलमा सबै विकेटको क्षतीमा एक सय तीन रन बनाएपछि पोखराले एक सय चार रनको लक्ष्य पाएको थियो । जवाफि व्याटिङमा उत्रेको पोखराले १५ ओभर पाँच बलमै छ विकेटको क्षतिमा एक सय चार रनको लक्ष्य भेटाएको हो ।

पोखराका लागि सबैभन्दा धेरै मोहम्मद नाभिदले ३६ रन बनाए । नाभिदनै प्लेयर अफ द म्याच घोषित भए ।

टस हारेर व्याटिङ गरेको काठमाडौंका लागि एक सय तीन रनको स्कोर बनाउन कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाए । खराब सुरुवात गरेको काठमाडौंले ओपनरहरु जयकिशन कोल्सावाल र गौरव तमोरलाई शून्यमै गुमाएको थियो । त्यस्तै अमित श्रेष्ठले २१ र पवन सर्राफले १२ रन बनाउँदै पभेलियन फर्किए । नरेश बुढाऐर, आदिल खान र अमरसिंह रौटेला एक रनमा आउट भए । बसन्त रेग्मिले भने नटआउट १९ रन बनाए ।

काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित राजवंशीले तीन र मोहम्मद नाभिदले दुई विकेट लिए ।

पीपीएल अन्तर्गत शनिबार नै हुने दोस्रो खेलमा चितवन राइनोज र विराटनगर टाइटान्सबीच प्रतिस्पर्धा हुने छ ।

Advertisement

Advertisement

Advertisement