प्रभु बैंकको पहिलो त्रैमासको नाफा ७१ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । प्रभु बैंकले चालु आवको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रभुले २०७५÷७६ को पहिलो त्रैमासमा खुद नाफा ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको गत वर्षको सोहि अवधिको नाफाभन्दा ७१ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष प्रभुले ३४ करोड ८७ लाख ९९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

प्रभुको खुद ब्याज आम्दानी पनि ४७ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब १३ करोड ३६ लाख ३० हजार रुपियाँ भएको छ । गत वर्ष यही अवधिमा बैंकले ७६ करोड ६४ लाख १५ हजार रुपियाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा पनि ८५ दशमलव ६५ प्रतिशतले बढाएर ८१ करोड ७२ लाख ७२ हजार रुपियाँ पुर्याउन सफल भएको छ ।

गत वर्ष प्रभुको सञ्चालन नाफा ४४ करोड २ लाख १४ हजार रुपैयाँ मात्र थियो । पहिलो त्रैमास सम्ममा बैंकले १ खर्ब ३ अर्ब २ करोड ४५ लाख ९६ हजार रुपियाँ निक्षेप संकलन गर्दा ८६ अर्ब १ करोड ८० लाख ९३ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपियाँ छ ।

प्रभुको जगेडा कोषमा ४ अर्ब ८५ करोड ८६ लाख ९१ हजार रुपियाँ छ । प्रभुको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपियाँ ०१ पैसा छ ।

Advertisement

Advertisement

Advertisement