अम्पायरसँग विवाद गरेका सन्दीप लामिछानेलाई अनुशासनको कारवाही

Advertisement

पोखरा । विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् । सन्दीप पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध पटक पटक विरोधमा उत्रिएका थिए ।

सन्दीपले आईसीसीको नियम उल्लङघन गरी विवादमा उत्रिएका कारण म्याच रेफ्रि सत्यजित सरकारले उनलाई एक डिमेरिट्स अंक दिएका हुन् । शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक झगडा गरेका थिए ।

अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

विराटनगरकै किशोर महतो र चितवनका सन्नी पटेललाई पनि अम्पायरसँग विवाद गरेका कारण कारवाही गरिएको छ । फिल्ड अम्पायर विनयकुमार झा, संजयकुमार सिंग्देल र टिभी अम्पायर संजय गुरुङले तीन खेलाडीले अनुशासनविरुद्ध काम गरेको बताएका थिए ।

चितवन राइनोजविरुद्धकै खेलमा अम्पायरसँग विवाद गरेका कारण काठमाडौं रोयल्सका अमरसिंह राउटेलालाई एक डिमेरिट्स अंक दिइएको छ ।

Advertisement

Advertisement

Advertisement