सहारा विकास बैंकको १० लाख ४४ हजार कित्ता शेयर लिलामीमा

Advertisement

काठमाडौं । सहारा विकास बैंक कार्तिक १८ गते आइतबार अर्थात आजदेखि १० लाख ४४ हजार २५६ कित्ता शेयर लिलामीमा ल्याएको छ। बैंकले यसअघि गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा पूरै आवेदन नपरेपछि शेयर लिलामीबाट बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहतर्फको ९ लाख २८ हजार २४८।७० कित्ता र सर्वसाधारणतर्फको १ लाख १६ हजार ७।३० कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको हो ।

हाल लिलामी गर्न लागिएको शेयरको न्युनतम मूल्य एक सय रुपियाँ तोकिएको छ । संस्थागत समूहको लागि न्युनतम १ हजार र सर्वसाधारण शेयरको लागि न्युनतम एक सय कित्ताको लागि मात्रै आवेदन दिन पाइने छ ।

बैंकको लिलामीको शेयरमा मंसिर ८ गतेसम्म आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । यसको बिक्री प्रवन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । भने एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज, र विराटनगरबाट दिन सकिने छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी तथा सहारा विकास बैंकको सर्लाहीबाट पनि आवेदन दिन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement