कैलाश विकास बैंकको खुद नाफा १९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । कैलाश विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिको नाफाभन्दा १९ दशमलव १ प्रतिशतले नाफा बढाएको हो । बैंकले अघिल्लो वर्षमा ९ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ५२ रुपियाँ लाख छ भने जगेडाकोषमा एक अर्ब २० करोड ६५ लाख रुपियाँ सञ्चित रहेको छ । बैंकको खुद ब्याज आम्दानी २६ करोड ७० लाख रुपियाँ छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकले खुद ब्याज आम्दानी ११ करोड २५ लाख रुपैयाँले बढाएको हो ।

गतबर्ष बैंकको खुद ब्याज आम्दानी १५ करोड ४५ लाख रुपैयाँ थियो ।बैंकको प्रतिशेयर आम्दानी १८ रुपियाँ ०३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement