न्यायको लागि धर्नामा बस्ने पन्त परिवारको घोषणा, सरकारलाई एक हप्ताको अल्टिमेटम

धर्नामा बस्ने

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले एक साताभित्र पनि सरकारले हत्यारा पत्ता लगाइ पक्राउ नगरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका छन् ।

आइतबार बिहान उल्टाखामस्थित घरमा पत्रकार सम्मेलन गरेर बुवाआमासहित परिवारले सरकारले न्याय दिन ढिलाइ गरिरहेको भन्दै साताभित्रमा छोरीका वास्तविक हत्यारा पक्राउ नगरिए अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आफू परिवारसहित अनिश्चितकालिन धर्नामा बस्ने घोषणा गरेका हुन् ।

‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक हुन्छन्, की हुन्न हेर्छौँ’, पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘२५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालिन धर्ना सुरु गर्छौँ ।’