नेप्से  दोहोरो अंकले घट्यो, कारोबारको मात्रामा भने उल्लेख्य सुधार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । बिहान कारोबार सुरु हुँदा १,२२० दशमलव ९८ अंकमा रहेको नेप्से परिसुचक १३ दशमलव ७० अंकले घटेर १२०७ दशमलव २८ अंकमा पुगेर कारोबार बन्द भएको हो ।

अघिल्लो सातामा पनि घटेको सेयर बजार यस साताको पहिलो दिन पनि घट्ने क्रम जारी भएको छ । आज बजार खुलेको सुरुदेखिनै मागको तुलनामा पूर्ति बढि हुँदा मूल्य निरन्तर घट्ने क्रम जारी रह्यो ।

नेप्से परिसुचक घटे पनि आइतबार कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । आज सेयर बजारमा एक सय ५४ कम्पनीको ५६ करोड ४७ लाख ८७ हजार सात सय ३६ रुपियाँ मूल्य पर्ने २७ लाख २९ हजार एक सय ३० कित्ता सेयर कारोबार भएको छ ।

आइतबारको कारोबारमा अन्य समुह बाहेकका सबै समुहका उप सुचकहरु ओरालो लागेका छन् ।
आज जिबन बीमा समुहको उप सुचक सबैभन्दा बढि ८७ दशमलव ५२ अंकले घटेको छ । यसैगरी, निर्जीवन बीमा, बाणिज्य बैंक र उत्पादन समुहका उपसुचकहरु क्रमशः ६५ दशमलव ३९ अंक, १७ दशमलव १९ र १५ दशमलव २३ अंकले घटेका छन् ।

जलविद्युत, विकास बैंक, लघुवित्त, होटल र वित्त समुहका उपसुचकहरु पनि क्रमशः १० दशमलव १८, ८ दशमलव ६६, ७ दशमलव १७, ५ दशमलव ०४ र ३ दशमलव ५७ अंकले घटेका छन् ।

आज अन्य समुहको उपसुचक भने ४ दशमलव २३ अंकले बढेर ७४५ दशमलव १७ अंकमा पुगेको छ । आज कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक र निर्धन उत्थान बैंकका प्रोमोटर सेयर अगाडी परेका छन् ।

Advertisement

Advertisement

Advertisement