राजश्व छल्न खोज्ने पक्राउ

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरी बल, भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको रु तीन लाख सात हजार ५५० बराबरको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती क्षेत्रबाट ना१ह ५३५४ नंको इ–रिक्सामा लत्ताकपडा, स्टिलका भाँडावर्तन, प्लास्टिकका झोलालगायत सामान बरामद गरेको हो ।
सो प्रकरणमा छपकैया बस्ने ४१ वर्षीय सफिक अन्सारी समेतलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म चोरी तस्करीका करीब रु दुई करोड मूल्य बराबरको सामान बरामद गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement