मानवअधिकारकर्मी एवं जनजाति आन्दोलनका अगुवा तुलाधरको निधन

Advertisement

काठमाडौं । मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

मानवअधिकारकर्मी गौरी प्रधानका अनुसार पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगबाट पीडित थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

अन्नपूर्णमा उपचार सम्भव नभएपछि तुलाधरलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएकोमा दिउसो करिव १ बजे निधन भएको हो । पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका उनी विशेषगरी जनजाति एवं वामपन्थी आन्दोलनका अगुवाका रुपमा चिनिन्छ ।

शान्ति प्रक्रियाको एकजना सहजकर्ता समेत भएर काम गरेका तुलाधर बहुदल स्थापनाका लागि समेत संघर्ष गर्ने व्यक्ति हुन । उनी २०५३ सालमा श्रम तथा स्वास्थ्यमन्त्री समेत भएका थिए। तुलाधरको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका रहेको छ ।

Advertisement

Advertisement

Advertisement