एनआईसी एशिया बैंकले विद्युत वितरक संस्थामा बैंकिङ स्रोत उपलब्ध गराउने

Advertisement

काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एनआईसी एशिया बैंकबीच बैंकिङ साझेदारको लागी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वित्तीय क्षमता विकास गर्ने उद्देश्य सहित उक्त संस्थासँग सम्झौता गरेको हो ।
उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसी एशिया बैंकको तर्फवाट बैंकका सीईओ रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झैता बमोजिम एनआईसी एशिया बैंकले आफ्ना २६४ शाखा र २० काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैंकिङ स्रोत उपलब्ध गराउँने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय अनि उद्योगमा लगानी गर्ने भएको छ ।

समुदायको बैकिंङ् शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, यस सम्झौताबाट ग्रामीण विद्युतीकरणको विकास , रोजगार तथा उद्यमशीलताको विकास तीव्र रुपमा हुने समेत विश्वास गरिएको छ ।

Advertisement

Advertisement

Advertisement