मोदी फेरि नेपाल आउने तयारीमा, तर काठमाडौं भने नआउने

Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी हुन ।

मोदीले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए । ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने ।

औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत भरत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।

उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।
आजको अन्नपुर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement