वैदेशिक रोजगारीको पीडाः ६८९१ को मृत्यु, १२५२ अंगभंग,४२७ जेलमा, १८ कोमामा

Advertisement

काठमाडौं । पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका छ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा एक हजार २५२ भन्दा अंगभंग भएका छन् ।

मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो ।

त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिका अवधि सकिएकाहरुको लेखाजोखा नै भएको छैन ।

मुलुकभित्र रोजगारीका पर्याप्त अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६७२ पुरुष् र एक लाख ९७ हजार ८०७ महिला वैदेशिक रोजारीमा गएको तथ्यांक छ।

त्यस्तै १८ जना कोमामा रहेको तथ्यांकमा उल्लेख छ । कोमामा रहेका मध्ये ९ जना कतारमा छन् भने साउदी अरबमा ५ जना कोमामा रहेका छन्। त्यस्तै कुवेतमा २ जना युएईमा १ र बहराइनमा एक जना कोमामा रहेका छन्।
आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement