‘सडकको खाल्डाखुल्डी पुरिदिनुपर्छ, जनताले लोकप्रिय सरकार यही हो भनिहाल्छन् नि’

Advertisement

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षलाई बेवास्त गर्दै सडकमा भएका खाल्डाखुल्डी पुरिदिएमा मात्र सरकारको लोकप्रियता फर्कने दाबी गरेका छन् । सोमबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारको लोकप्रियता फर्काउने सुत्रको रुपमा सरकारले अब सडकका खाल्डाखुल्डी पुर्न सुरु गर्ने बताएका हुन् ।

पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने, ‘अब खाल्डाखुल्डी पुर्ने काम सुरु हुन्छ अनि जनताले लोकप्रिय सरकार यही हो, यसको विकाल्प छैन भन्ने ठाउँमा केही महिनामा पुग्छ भन्ने मेरो विश्वास छ ।’

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरिहेको अवस्थामा सत्तारुढ दलको अध्यक्ष समेत रहेका प्रचण्डको यस्तो भनाइले नेकपाका समर्थक तथा सम्पूर्ण नेपाली जनताको मनोभावनामा ठेस पुर्याएको छ । यसबाट नेकपा अझैपनि जनतालाई ललिपप देखाएर झुक्याउन सकिने सोचमा रहेको पुष्टि भएको छ ।

सरकारको कामले गति नलिएको भन्ने प्रश्नमा प्रचण्डले अब गति दिइने बताएका छन् । अब गियर फेरेर भए पनि सरकारले तीब्र गतिमा नागरिकले अनुभूत गर्ने गरी कर्यहरु अघि बढाउने बताएका हुन् ।

हिलोमैलोमा गाडी चलाउँदा पनि एक नम्बर गियरमा विस्तारै चलाइने उदाहरण दिँदै प्रचण्डले भने, ‘अब हिलो मैलो सकिएको छ। अब गियर फेरेरै भए पनि सरकार अगाडि जान्छ।’

तर प्रचण्डले गिएर फेर्ने भन्नुको अर्थ मन्त्रीमण्डल पुर्गठन गर्नु नभएको पनि बताए । उनले तत्काल मन्त्रिपरिषद् हेरफेर हुने कुनै सम्भावना नरहेको प्रष्ट्र पार् । ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने बेला भैसकेको छैन। विकासका काममा आधार तयार पर्ने काम भएका छन्। अब सरकार अगाडि बढ्छ,’ उनले भने।

गियर फेर्दाफेर्दै ५ वर्ष बित्ने भयो नि ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले सरकार गठन भएको एक वर्ष पनि नभएको भन्दै अब तयारीअनुसार जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए।

सरकारले आफ्नो उद्देश्यअनुसार तयारीको काम अगाडि बढाएको दावी गर्दै प्रचण्डले भारत र चीनसँगको सम्बन्ध सुदृढिकरणमा ऐतिहासिक सफलता मिलेको बताए ।

Advertisement

Advertisement

Advertisement