आफ्ना नाबालक सन्तानको बिचल्ली बनाउँदै पतिद्धारा पत्नीको हत्या

Advertisement

गुल्मी । मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोलाका ३३ वर्षीय दुर्गाबहादुर नेपालीले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् । मदिरा सेवन गरी आएका उनले ३३ बर्षीया श्रीमती सीता नेपालीको हत्या गरेका हुन ।

हत्यापछि फरार रहेका नेपालीलाई प्रहरीले पक्राउ गरिसकेको छ । आमाको हत्या र बाबु पक्राउ परेपछि उनीहरुका नाबालक चार सन्तानको बिचल्ली भएको छ । जसमा तीन छोरा र १ छोरी छन् । अब उनीहरुको लालनपालन कस्ले गर्ने हो ? भन्ने चिन्ता गाउँमा देखिएको छ ।

प्रहरीले तत्काल दुर्गाबहादुरको छिमेकीको जिम्मा लगाउने र मदाने गाउँपालिकाले खाद्यान्नको व्यवस्था गर्ने काम गरे पनि दीर्घकालिनरुपमा पालन पोषण र शिक्षा दिक्षाको समस्या हुने देखिएको छ ।

गत कार्तिक १५ गते राती छिमेकी राजकुमार थापाको खाली घरमा सुतिरहेको अवस्थामा दुर्गाले सीताको हत्या गरेको प्रहरीको भनाई छ । पक्राउ परेका उनलाई प्रहरीले सार्वजनिकसमेत गरेको छ ।

राति मदिरा सेवन गरी आएका दुर्गाबहादुरले सीतालाई चरम यातना दिएर हत्या गरेका थिए । हत्याको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दीपककुमार बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement