आइएमई लिमिटेडका ग्राहकलाई पल्पसा क्याफेमा १५ प्रतिशत छुट

Advertisement

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र काठमाडौंस्थित बसन्तपुरमा अवस्थित पल्पसा क्याफेबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउनु हुनेछ ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि असोज २४ गतेदेखि दुई वर्षसम्म लागु हुनेछ ।

Advertisement

Advertisement

Advertisement