सम्पत्ति विवरणमा एउटा साइकल मात्रै देखाउने लालबाबुसँग अहिले गाडि नै गाडि

Advertisement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।

मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । पण्डित मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् ।

यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । गृहले मन्त्रीको सपथ लिएकै दिन सशस्त्र प्रहरीका एक चालकसहित यो गाडि उपलब्ध गराएको थियो । यो गाडि अधिकांश समय मन्त्रीकै निवासमा हुन्छ ।

आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement