कामना सेवा विकास बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आव २०७५ ७६को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा ३६ दशमलव १७ प्रतिशतले नाफा बढाएर २८ लाख रुपियाँ कमाउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा बैकले खुद नाफा २० लाख रुपियाँ मात्र कमाएको थियो ।

२ अर्ब ५० करोड २६ लाख रुपियाँ चुक्ता पुँजी भएको बैंकले जगेडकोषमा ७१ करोड ९४ लाख रुपियाँ राखेको छ । निक्षेपमा १५ अर्ब ९७ करोड ४५ लाख रुपियाँ संकलन गरी कर्जामा १४ अर्ब १८ करोड ४१ लाख रुपियाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४४ दशमलव ७९ प्रतिशतले बढेर १३ करोड ९८ लाख रुपियाँ पुगेको छ भने संचालन मुनाफा ४४ लाख रुपियाँ आर्जन गरको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ७१ प्रतिशत, पूँजीकोष अनुपात २४ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव ४५ रुपियाँ, मूल्य आम्दानीको अनुपात ३३५ दशमलव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव १२ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement