पाँच लाख नगदसहित १५  जना जुवाडे पक्राउ

Advertisement

सुर्खेत । प्रहरीले सोमबार  पाँच लाख ४८ हजार रुपियाँ नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५  जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement