सनराइज बैंकका एकैसाथ पाँच शाखा सञ्चालन

Advertisement

काठमाडौं ।  सनराइज बैङ्कले एकैसाथ नयाँ पाँच शाखा सञ्चालन गरेको छ । बैंकले काठमाडौंको मनमैजु, बाँकेको कोहलपुर, स्याङ्जाको वालिङ तथा कैलालीको टीकापुर र लम्कीचुहामा शाखा सञ्चालन गरेको हो ।

सोमवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच मनमैजु शाखाको बैंक सञ्चालक समितिका सदस्यद्वय डा। भोगेन्द्र गुरागाईं र ई। बच्छराज तातेडले, कोहलपुर शाखाको कोहलपुर नगरपालिकाका मेयर लुतबहादुर रावत तथा कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारी एवम् वालिङ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँड र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

त्यसैगरी, आइतवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच टीकापुर शाखाको टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले तथा लम्कीचुहा शाखाको सोही नगरपालिका मेयर महादेव बजगाईं र बैङ्कका नायव महाप्रबन्धक रविन नेपालले उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
यी सबै शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधाका साथै रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवासमेत प्राप्त गर्न सकिने बैंकको भनाइ छ । हालै सञ्चालनमा आएका शाखासहित बैंकले देशभर १ सय २ शाखा तथा १ सय ११ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement