अनलाइन प्रणाली शुरु भएकै दिन नेप्सेको वेभसाइटमा समस्या

Advertisement

काठमाडौं । सेयर कारोबारमा अनलाइन प्रणाली शुरु भएकै दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से को वेबसाइटमा समस्या बल्झिएको छ । अनलाइन प्रणाली शुरु भएको पहिलो दिनमै वेबसाइटमा समस्याका आएको कारणले गर्दा तिहार अघिको अन्तिम कारोबार अर्थात मंगलबारको कारोबारमा के- कति रुपैयाँको कारोबार भयो भन्ने देखिएको छैन ।

अनलाईन कारोबार आजैबाट शुरु भएका कारण डाटा सार्ने क्रममा केहि प्राविधिक समस्या देखिएको नेप्सेका सीईओ चन्द्रसिंह साउदले बताए । कारोबार रकम र नेप्से परिसूचक प्रष्ट नदेखिदा लगानीकर्ताहरु अन्योलमा परेका छन् ।वेबसाइटमा देखिएको समस्या समाधानका लागि नेप्सेको प्राविधिक टोलि खटिरहेको भन्दै सीईओ साउदले  समस्या समाधान हुने बताए ।

Advertisement

Advertisement

Advertisement