देउवालाई सुजाताको प्रश्न– सधैं गुटको मात्रै सभापति बन्ने कि पार्टीको पनि बन्ने हो ?

Advertisement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् । रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा उनले भनिन्, ‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’

कोइरालाले भनिन्, ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन् । सल्लाह लिएको भए राम्रो हुनेथियो ।’ पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताउँदै सभापतिले त्यस्तो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । कोइरालाले भने, ‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नुभएन । अब सिँगो पार्टीको सभापति बन्नुपर्यो ।’

उनले सभापति देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाईन् । उनले भनिन्, ‘पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्छ । अनुशासनमा चलाउनुपर्यो ।’ सभापति देउवाको यो कार्यकाल अन्तिम पटक हुनसक्ने संकेत गर्दै उनले यस्तो बेलामा पनि सबैलाई एकजुट बनाएर लैजान नसक्नु दुःखद् भएको गुनासो पोखिन् ।

Advertisement

Advertisement

Advertisement