टुट्न बेरै नलगाउने राप्रपा फेरि मिल्दै, लोहनी भन्छन्– राजसंस्था फर्काउने शर्तमा मिल्ने हो

Advertisement

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भइसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । पटक पटक फुट्ने र जुट्ने गर्दै आएको राप्रपा अहिले तीन टुक्रा भएको अवस्था छ । नेता लोहनीले भने, ‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’

उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे पनि कुनै विवाद नरहेको बताए । उनले भने, ‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन् ।’

एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले बताए । लोहनीले भने, ‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

Advertisement

Advertisement

Advertisement