देउसीभैलो खेल्ने क्रममा दुई पक्षबीच झगडा हुँदा नौ घाइते, १० पक्राउ

Advertisement

खजुरा । बाँकेको जानकी गाउँपालिका ५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

बिहीबार राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा पिएका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
प्रहरीले यस घटनामा संलग्न १० जना युवालाई नियन्त्रणमा लिएको छ ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागूऔषधसमेत खाने गरेकाले बेलाबेलामा दुःख दिने गरेको स्थानीय अगुवाहरूले बताए ।

Advertisement

Advertisement

Advertisement