यस्तो राजनीतिकरण भएको कर्मचारीतन्त्र विश्वमा कहीं पनि छैनः मैनाली

Advertisement

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले वर्तमान कर्मचारीतन्त्र असफल भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मैनालीले भने, “नेपालको कर्मचारीतन्त्र असफल भयो । कर्मचारीहरु कामै नलाग्ने भए । मुलुकको विकास र समृद्धिमा कर्मचारीतन्त्रले सहयोग गरेन । कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण भयो । यो राजनीतिकरणलाई खारेज गर्नुपर्छ ।”

उनले कर्मचारीमा काम, कर्तव्य र आफ्नो दायित्वप्रति जवाफदेहिता नदेखिएको आरोप लगाए । मैनालीले भने, “काम नगर्ने कर्मचारीलाई हटाउनुपर्छ । जवाफदेही र सक्षम कर्मचारी भर्ना गर्नुपर्छ । कर्मचारीकै असक्षमताका कारण जति विकास हुनुपर्दथ्यो, त्यति हुन सकेन् । नेपालको कर्मचारीतन्त्रमा जत्तिको राजनीतिकरण विश्वमा अन्त कहीँ पनि छैन ।”

Advertisement

Advertisement

Advertisement