मुख्यमन्त्री शेरधन राईका सहयोगीले कुटे पत्रकार, कुटेपछि मिल्न पीडितलाई उल्टै दबाब

Advertisement

अमेरिका । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवादास्पद थाइल्याण्ड र अमेरिका भ्रमणको समाचार लेख्ने पत्रकार लोकमणि राईमाथि मुख्यमन्त्री राईकै मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले निर्घात कुटपित गरेका छन् ।

तिहारको एक कार्यक्रममा सहभागी भइरहेको बेला उमेश राईले पत्रकार लोकमणि राईलाई एकछिन बाहिर हिंड भन्दै बाहिर ल्याएर तथानाम गाली गर्दै कुटपिट गरेका थिए । मुख्यमन्त्रीको विषयमा जेपायो त्यही लेख्ने पत्रकार तै होइनस ? भन्दै उमेशले लोकमणिलाई मुक्कै मुक्का हानेका थिए ।

कुटपिटपछि घाइते भएका पत्रकार राईलाई तत्कालै एम्बुलेन्समार्फत एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो । उपचारपछि शुक्रबारै साँझ उनी डिस्चार्ज भएका थिए । बिरामी भएको बहानामा थाइल्याण्ड पुगेका मुख्यमन्त्री राईको बैंककस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गर्दा कुनै समस्या नरहेको पाइएको थियो ।

त्यसपछि अमेरिका पुगेका राईलाई विवादास्पद केही संस्था एवं व्यक्तिहरुले स्वागत कार्यक्रम गरेपछि पत्रकार लोकमणि राईले स्थानीय बीआरटी डटकममा समाचार लेखेका थिए । समाचारमा उनले राष्ट्रसंघको महासभाको क्रममा प्रधानमन्त्री केपी ओलीको विरोधको प्रसंग उल्लेख गर्दै तीनै विरोधीहरु अहिले मुख्यमन्त्री राईको स्वागतमा लागेर दोहोरो भूमिका देखाएको उल्लेख गरेका थिए ।

यसअघि कान्तिपुर दैनिक, हिमाल खबरपत्रिकामा काम गरिसकेका लोकमणि राईले कुटपिट गरिएको मेडिकल परीक्षणको प्रमाणसहित आक्रमणकारी विरुद्ध प्रहरीमा उजुरी गरेपछि विभिन्न जातिय र क्षेत्रीय संगठनको नाममा मिल्नुपर्छ भन्दै आफूलाई दबाब दिने काम भइरहेको बताएका थिए । अमेरिका लगायतका मुलुकमा यस्ता राजनीतिक मात्रै नभएर जातिय र क्षेत्रीय संगठनहरुको दबदबा र दादागिरी रहेको छ ।

पत्रकार राईमाथि कुटपिट भएपछि अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजा र इन्जाले घटनाको भत्र्सना गरेका छन् । उनीहरुले राईमाथि भएको आक्रमण निन्दनीय भन्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने माग आएका छन् ।

Advertisement

Advertisement

Advertisement