खिरौलाखेतीबाट मनग्य आम्दानी

Advertisement

हुम्ला । हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् ।

जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेको सिमकोट गाउँपालिका–६ निवासी लालसिंह सुनारले बताए ।

विगतका वर्षमा यसको पहिचान हुन नसक्दा संरक्षणभन्दा विनाश बढी हुँदै गएको थियो । अन्नबालीलाई असर गर्ने भन्दै यो जङ्गली झारलाई नास गर्न लागि विभिन्न उपाय अपनाउनाका साथै औषधिसमेत हालिएको थियोे ।

अहिले यसको पहिचान भइसकेपछि स्थानीय कृषक संरक्षणतिर लागेका छन् । खिरौला खेती गर्न सके राम्रो आम्दानी हुने र व्यापारी घर दैलोमा खरिद गर्न आउने गरेको कृषक पञ्च सुनारले बताए । यसको मूल्य जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ । खिरौला काठमाडौँमा प्रतिकेजी दुई हजारसम्ममा बिक्री हुने गरेको सम्बद्ध व्यापारीले बताउन थालेका छन् । जिल्लामा काँचो नपकाएको खिरौला प्रतिकेजी रु २०० देखि ३०० सम्म पर्ने गरेको अर्का कृषक लोक्ते कामीले बताए।

खिरौला सुकाएर बिक्री गरेमा प्रतिकेजी रु ३०० देखि ४०० सम्ममा खरिद बिक्री भइरहेको उनले बताए । हुम्लामा खिरौला सहज रुपमा पाइने भएकाले स्कूल पढ्ने बालबालिकादेखि ५५÷६० वर्षका वृद्धाले समेत यो जडीबुटी सङ्कलनका लागि एकाबिहानै जङ्गल तथा खेतबारीमा जाने गरेका छन् । एक दिनमा एकजनाले कम्तीमा पाँच केजीसम्म खिरौला सङ्कलन गर्ने र यसबाट दिनमा रु दुई हजारसम्म कमाइ हुने गरेको छ ।
यो जडीबुटी हुम्लाका सातवटै गाउँपालिमा पाइन्छ । यसको माग छिमेकी राष्ट्र चीनमा समेत अत्यधिक छ ।

स्थानीयवासीले यसलाई आगोमा पकाएर चिनीका रुपमा प्रयोग गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement